मनाङमा बाढीले तिमाङ खोलाको पुल बगायो, बेंशिसहर–चामे सडक अवरुद्ध ।
काठमाण्डौँ, मनाङको तिमाङ खोलामा बाढी आउँदा पुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो ।
पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । ‘खोलाको बहाव घटेको छैन । पुल पनि भत्किएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ’, उनले भने ।
खोलाको बहाव नघट्दासम्म बाटो खुल्ने÷नखुल्ने भन्न नसकिने लामिछानेको भनाइ छ । पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको प्रशासनको भनाइ छ ।
त्यस्तै, तिमाङकै तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनाले पनि एउटा पक्की पुलमा क्षति पु¥याएको प्रशासनले जनाएको छ । पक्की पुलमा भएको क्षतिबारे एकीन तथ्यांक भने नआइसकेको प्रजिअ लामिछानले जानकारी दिए ।
यसअघि २०७८ मा आएको बाढीले सदरमुकाम चामे, तालगाउँ,धारापानी लगायत क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो ।

-
१
बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
२
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।
-
३
आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना ।
-
४
कोतोदेखि नर्पाभूमि जाने बाटो सञ्चालनमा, मनाङ जिल्लामा चुनावी सरगर्मी बडदो ।


प्रतिक्रिया दिनुहोस्