२०८१ माघ २६

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै ।

काठमाण्डौँ, नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
नेकपा एमालेसँग नेपाली काँग्रेसले सत्ता सहकार्यको समझदारीका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।
कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर दाहालले तत्काल राजीनामा नदिने तर संसदमा विश्वासको मतको सामना गर्ने तयारी गरेको माओवादी नेता देवेन्द्र पौडेलले बताएका छन् ।