आज गरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती, विविध कार्यक्रमगरी मनाइँदै ।
आनन्द गुरुङ, काठमाण्डौँ, नेपाली राजनीतिज्ञ, पूर्व प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइदै छ ।
आजदेखि बृहत्तर बहस, छलफल र अन्तरक्रिया कार्यक्रम गरी रचनात्मरुपमा दिवांगत नेता गिरीजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने नेपाली काँग्रेसल जनाएको छ ।
चार पटक नेपालको प्रधानमन्त्री भएका स्वर्गीय गिरीजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.सं. १९८१ असार १८ मा भएको थियो । उनी कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् । त्यसबेला बुबा–आमा भारतमा निर्वासित जीवन विताइरहेका थिए । उनका दुई दाजुहरू वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइरालाहुन उनीहरु दुवैजना नेपालका प्रधानमन्त्री भएका थिए ।
२०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद कोइराला नै थिए । बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बने । वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता कोइराला नै थिए । उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका कोइरालाले राजनीतिक जीवन गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए ।
वि.सं. २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बनेका थिए भने वि.सं. २०१७ सालमा नेपालका तत्कालिन राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेलसम्म सभापतिको कार्यभार सम्हालिरहेका थिए । २०२४ मा रिहाइ पाए पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भएका थिए । वि.सं. २०३५ सालमा नेपाल फर्किएका थिए । गिरिजा प्रसाद कोइराला वि.सं. २०३१ साल देखि वि.सं. २०४७ साल सम्म नेपाली काँग्रेस पार्टीको महासचिव भएका र्थि । गिरिजा प्रसाद कोइरालाको वि.सं. २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए । पञ्चायती व्यवस्थालाई हटाएर देशमा संघीय लोकतान्त्री आन्दोलनको नेतृत्वपनि गरेका थिए । त्यसो त माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ ।२०६१ माघ १९ गते तात्कालिक राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी शाही घोषणा मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिए पश्चात् स्वर्गीय गिरीजाप्रसाद कोइरालाले माओवादीहरूलाई नेपाली मुलधारको राजनीतिमा ल्याएका थिए ।
गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घर मण्डीकटारमा भएको थियो । चिकित्सकहरूको अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो। दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथ मन्दिर नजिक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरिएको थियो ।
उनको निधन पश्चात्, २०७१ जेठ १५ गते नेपाल सरकारले उनलाई नेपालको सर्वाधिक ठूलो सम्मान नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो। बङ्गलादेश सरकारले उनलाई आफ्नो स्वतन्त्रता युद्धमा योगदान पु¥याएको भन्दैै उच्च राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्