२०८१ माघ २८
आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द ।

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी आज असार १६ गतेदेखि बन्द रहने भएको छ ।
निकुञ्जले सूचना जारी गरी आज असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको छ ।
निकुञ्जका अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपर्युक्त समय भएको र यस अवधिमा निकुञ्जभित्रका बाटाहरू बिग्रिने, जंगलमा भएका साना खोला–खोल्सीमा भलबाढी आउने, रूख ढलेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सूचनामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्