आज असार पन्ध्र अर्थात “मानो रोपेर मुरी फलाउने” दिन ।
आनन्द गुरुङ, काठमाण्डौँ, आज असार १५ गते अर्थात मानो रोपेर मुरी फलाउने दिन हो ।
धान नेपालीको मूख्य खाद्यान्न बाली हो । करिब ५० प्रतिशत भन्दा बढी जमिनमा धान खेती गरिन्छ । ७५ प्रतिशत भन्दा बढी किसान धान खेतीमा व्यस्त हुन्छन् । केही बर्ष यता सरकारले आजका दिनलाई धान दिवसको रुपमा मनाउँदै आएको छ ।
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
नेपालमा असार १५ का दिन हिलो टेक्नु पर्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हल गोरुले हिल्याएको हिलोमा धान रोपेर आपसमा रमाउँदै एकआपसमा हिलो छ्याप्ने प्रचलन पनि छन् । तर, युवा जनशक्तीको विदेश पलान, कृषि आधुनिकीकरण र नयाँ–नयाँ प्राविधिको विकाससंगै आज भोली हलगोरु, असारे भाकाका, बेठी संस्कृति लोपउन्मुख अवस्थामा रहेका छन् ।
कृषि तथा पशुपंछी बिकाश मन्त्रालयका तथ्यांङ्क अनुसार नेपालको कुल ग्राहस्त उत्पादनमा २६ दशमलव ५ प्रतिशत अंशमध्य कृषि क्षेत्रको धान बालीको मात्रै कुल ग्राहस्त उत्पादन १५ दशमलव ३५ प्रतिशत योगदान रहेको छ । यसबर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाई बढेको छ । कृषि तथा पशुपंछी बिकाश मन्त्रालयका अनुसार गत बर्ष नेपालमा धानको उत्पादनमा १.०५ प्रतिशतले घटेको थियो । प्रन्धबर्ष अगाडी २०६०÷६१ मा १.५ मिलियन हेक्टर जमिनबाट ४.४ मिलियन टन धानको उत्पादन भएको थियो तर ११ बर्षपछि २०७२÷७३ मा १.३ मिलियन हेक्टर जमिनबाट ४.२ मिलियन टन धानको उत्पादन भएको थियो । यसरी बषैपिछे धानको उत्पादनमा कमी आउदै गएको छ ।
नेपालीलाई आफ्नो राष्ट्रको माग पुरा गर्न बर्षीक ६,०००,००० मो.टन. धान चाहिन्छ । २०७६ मा मात्रै २८ बिलियनको धान आयत भएको कृषी बिभागले जनाएको छ । देशको प्रमुख बाली धान भएर पनि बिलियन पैषाको आयत हुन्छ भने अरु भौगोलिक विभिधताका कारण कम प्रथामिकतामा रहेका बाली कति आयत भएको होला हामी सबै कृषक दाजुभाई , कृषि प्राबिधीक र सरोकारहरुले सोच्ने बेला आएको छ । असार प्रन्ध बर्षको एक दिन धान रोपेर राष्ट्र चामलमा आत्म नीर्भर हुन सक्दैन । असार प्रन्ध्र किसानको खेतबारीमा रमाइलो गर्दै किसानको समस्या उत्थान र समस्या समाधान गर्ने जर्मको कृषि प्राबिधीक र सरोकारहरुले गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्