२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८१, चितवनको बछौलीमा ।

आनन्द गुरुङ,काठमाण्डौँ, सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८१, चितवनको बछौलीमा मनाउने भएको छ ।
कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्नेगरी २०६१ सालदेखि नियमित रूपमा प्रत्यक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउंदै आएको बताए ।
यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । उनले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरूको प्रचार गरी तिनको अवलम्बन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको उनले बताए ।
महानिर्देशक घिमिरेल यस वर्षको असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने बताए ।
कृषि विभागले असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको जनाएको छ । कोसी प्रदेशमा ५.६, मधेस प्रदेशमा २.९, वाग्मती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ छ । उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये एक लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको बिभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्