हिमाली जिल्लाहरुमा आवको अन्त्य कार्तिक मसान्त कायम गर्नुपर्नेः सांसद् टेकबहादुर गुरुङ
काठमाण्डौँ, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङले मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा आर्थिक वर्षको अन्त्य कार्तिक मसान्तलाई कायम गर्नुपर्ने माग गरेका छन् ।
२०८१ साल असार १४ गते शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा विकास निर्माणका कामहरु सञ्चालन गर्न वर्षमा जम्मा ५÷६ महिना मात्र काम हुने र वर्षै पिच्छे विनियोजित बजेटहरु फ्रिज हुने गरेकाले हिमाली जिल्लाहरुमा आर्थिक वर्षको अन्त्य असारमा नभएर कार्तिक मसान्तलाई कायम गर्नुपर्ने सभामुख मार्फत सरकार समक्ष माग गरेका छन् ।
साथै, बर्खाको समयमा नेपालको मनाङ, मुस्ताङ तथा अन्य हिमाली क्षेत्रमा रहेका वस्तिहरु बाढी, पहिरो, र हिउँदमा हिमपात तथा हिउँपहिरोको अत्यन्तै जोखिममा रहेकोले तिनको संरक्षणको लागी आवश्यक पूर्वाधार निर्माण सम्बन्धी अध्ययन गरि प्राकृतिक प्रकोपबाट बच्ने पूर्वतयारी गर्न आवश्यक रहेको जानकारी गराउर्दै सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्