लोकप्रिय मावि मनाङका जयराम थापा बने जिल्ला प्रथम ।
मनाङ, लोकप्रिय मावि चामेका विद्यार्थी जयराम थापाले यस बर्षको एसईइ परीक्षामा ३.३९ जिपीए ल्याएर जिल्ला प्रथम भएका छन् ।
आज प्रकाशित यस बर्षको एसईइ परीक्षाको नतिजा अनुसार हालसम्म प्राप्त अभिलेख अनुसार लोकप्रिय मावि, चामेका जयराम थापा सहित ४ जना र प्रकाशज्योती माविका ३ जना गरी कूल ७ जना अर्थात् १८ प्रतिशत विद्यार्थी यस बर्षको एसईइ परीक्षामा उत्र्तीण भएको जिल्ला शिक्षा विकाश तथा समन्वय ईकाइ, मनाङका प्रमुख सुदिप गिरीले जानकारी दिए ।
प्रमुख गिरीका अनुसार प्रकाज्योती माविका ५ जना विद्यार्थीको परिक्षाफलमा प्राविधि कैफित देखिएको पनि बताए । कैफियत देखिएका सबै विद्यार्थी उत्र्तीण हुने सम्भावना भएका विद्यार्थीहरु भएकाले परीक्षाफल सच्चीएर आएपछि उत्र्तीण प्रतिशत बड्ने पनि बताए ।
यसबर्ष मनाङ जिल्लाबाट ४० जनाले परिक्षा फारम भरेका थिए । तर परीक्षामा एकजना विद्यार्थी अनुपस्थि भएकाले ३९ जना परीक्षार्थीे परीक्षामा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्