२०८१ आश्विन २

आज एसइईको नतिजा सार्वजनिक हुने ।

काठमाण्डौँ, माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज प्रकाशन हुने भएको छ ।
केहीबेर अधि बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने तयारी गरेकोे छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइईको नतिजा आज १० बजेसम्म प्रकाशन हुने जानकारी दिए ।
यसअघि बुधबार अपराहन्न ४ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारीका साथ राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार मात्रै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्ने छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्ने छ । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।

यसरी थाहा पाउन सकिन्छ नतिजा  :