२०८१ मंसिर २८

नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउने सहमति ।

काठमाण्डौँ, नेपाल र चीन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।
नेपाली परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार काठमाण्डौमा भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।
नेपाल र भारतबीच सन् १९४७ देखि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयले बताएका छन् ।
बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै पक्षले जोड दिएको उल्लेख गरिएको छ ।
बैठकमा नेपाल–चीन सम्बन्धबारे विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा भएको जनाइएको छ ।
दुवै पक्षले आपसी सहमति भएका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् भने पारस्परिक हितका लागि आर्थिक अवसरको क्षेत्रमा काम गर्ने प्रतिवद्धता पनि विज्ञप्तीमा जनाएको छ ।
नेपाल भ्मणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले आज राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने कार्यक्रम छ ।