यसैवर्ष काठमाण्डौँमा कुवेतले दूतावास खोल्ने ।
काठमाण्डौँ, कुवेतले नेपालबाट थप दुई लाख नेपाली कामदार लैजाने भएको छ ।
इरानको राजधानी तेहरानमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएका हुन् ।
कुवेतमा अहिले एक लाख नेपाली छन् । अब तीन लाख पु¥याउने लक्ष्य रहेको इरानबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले बताए ।
यस्तै, कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको उनले बताए । भेटमा कुवेतले यही वर्ष काठमाण्डौँमा दूतावास खोल्ने जानकारी गराएको परराष्ट्रमन्त्री श्रेष्ठले भने ।
एसिया कोअप्रेसन डायलग (एसीडी)को १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी उनी तेहरान गएका थिए । एसीडीको साइडलाइनमा उनले कुवेतका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्