२०८१ चैत्र ८

आज चिनियाँ उपविदेशमन्त्री वेइदोङ नेपाल आउँदै ।

काठमाण्डौँ, आज चिनियाँ उपविदेशमन्त्री सन वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउदै छन् ।
वेइदोङले मंगलबार काठमाण्डौँमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिनेछन् । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् ।
वेइदोङको भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ ।
वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।