२०८१ माघ ६

पहिरोका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध, यात्रु समस्यामा ।

लमजुङ, शनिबार रातिदेखि परेको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ ।
सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले लमजुङले जनाएको छ । पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताए ।
सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जाने–आउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा यात्रीहरू अलपत्र परेका छन् ।