पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सदस्यता विवाद कायमै ।
काठमाण्डौँ, नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । शुक्रबार राती सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न पाइने, असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा.चिरञ्जीवी खनालले जानकारी दिए ।
उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुन कार्य तालिका महासंघले प्रकाशित गरेको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्