माननीय टेक बहादुर गुरुङ र प्रधानमन्त्री दाहालबिच संसदमै सवाल जवाफ ।
पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय टेक बहादुर गुरुङले २०८१ असार ६ गते, विहिबार बसेको प्रतिनिधिसभा बैठकमा लमजुङ जिल्लाको बँेशीसहरदेखि मनाङको चामेसम्म जोड्ने सडक कालो पत्रे गर्ने कार्य कहिले समपन्न हुन्छ ? मनाङवनसी र मनाङ धुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले कहिलेसम्म जोखिमपूर्ण यात्रा गर्नपर्छ भनी प्रधानमन्त्री पुष्प कमल दाहाललाई प्रत्यक्ष प्रश्न गरे ।
त्यसैगरी, २०७८ साल असार १ र २ गते मनाङ जिल्लामा गएको बाढी–पाहिरोले क्षेद–विक्षेद बनाएको संरचनाहरु पुनःनिर्माण तथा मर्मत संभारको काम कार्यन्वयनमा ढिलाई भएको विषयमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालसंग प्रत्यक्ष प्रश्न गरे ।
माननीय टेक बहादुर गुरुङको प्रश्नको उत्तर दिनेक्रममा प्रधानमन्त्री दाहालले बँेशीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म जोड्ने सडक अन्र्तगत लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकाको खुदीसम्म ८ किलोमिटर कालोपत्रै भइसकेको र बाँकी सबै सडक अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र अन्र्तगत पर्ने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्रबाट सहमती प्राप्त भएको वन तथा वातावरण मन्त्रालयबाट अन्तिम सहमत प्राप्त भएपछि ईआइए सम्पन्न गरीकालो पत्रे गरिने बताए ।
प्रधानमन्त्री दाहालले २०७८ साल असार १ र २ गतेको बाढी–पहिरोका कारण क्षतीपुर्याएका ६३ जना लाभग्रहीलाई अस्थाई र नीजि आवास कार्यक्रम मार्फत एक रोड ८३ लाख ९० हजार रुपैयाँ निकासा भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्