२०८१ फाल्गुन ५

बेँसीसहर–चामे सडक अवरुद्ध, खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खस्यो ।

लमजुङ, अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि बँेसीशहर–चामेसडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
बेसीशहर–चामे सडक खण्डको खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने च्याम्चे नजिकैको अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।