२०८१ चैत्र ५

काठमाण्डौँ उपत्यका सहित देशका केही भू-भागमा विहानैदेखि बर्षा, झापा र मोरङका नदी किनारका वासिन्दालाई सर्तक रहन सूचित ।

काठमाण्डौँ, देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाृ छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागकले जनाएको छ ।

केशी प्रदेशको मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा बिहानैदेखि मध्यम देखि भारी वर्षा भइरहेको छ ।
थप र भारी वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
उता, गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।