आज मुस्लिम धर्मावलम्बीको पर्व बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा
काठमाण्डौँ, मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।
आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
इदको अवसरमा काठमाण्डौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
-
१
आज सर्वमान्य नेता गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै ।
-
२
चामे–खाङसार सडकका विषयमा सरोकारवालाहरु विच छलफल, जोखिम स्थानलाई प्राथमिकतामा राख्न सांसद गुरुङको निर्देशन ।
-
३
फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : राजीव गुरुङ (दीपक मनाङे)
-
४
तिमाङ खेल मैदानको स्तरोन्नतीमा सांसद गुरुङको चासो, बिस्तृत योजना बनाउन आग्रह ।
प्रतिक्रिया दिनुहोस्