२०८१ मंसिर २८
काठमाण्डौँमा आइतबारबाट मनसुनी बर्षा हुने ।
काठमाण्डौँ, देशको पूर्वी क्षेत्रमा मनसुन प्रणालीको प्रभाव रहेपनि अन्य भेगमा स्थानीय र पश्चिमी वायुसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रभावका कारण मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हावाको बहाव क्रमशः पश्चिमतिर बढ्न थालेसँगै काठमाण्डौँलगायत अन्य भागमा मनसुनी प्रभाव पर्ने विभागको दाबी छ ।
भोलि बेलुका नै काठमाडौंमा पानी पर्ने त देखिन्छ । तर, पर्सि (आइतबार) बिहानबाट भने काठमाण्डौँ उपत्यका सहित गण्डकी प्रदेशमा वर्षाको सम्भावना धेरै धेरै रहेको विभागको भनाई छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको थियो । मनसुन शुरु भएसंगै बाढीपहिरोको सम्भावना पनि बडेको छ ।
प्रतिक्रिया दिनुहोस्