२०८१ चैत्र ५

राष्ट्रपति पौडेलको सम्मानमा राजदूतावासद्वारा स्वागत, राष्ट्रपति पौडेल जर्मनी प्रस्थान ।

जेनेभा, राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित् नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।
राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा स्वीजरल्याण्डका नेपालीहरूले स्वागत गरेका थिए ।
वगत समारोहमा राजदूत सुवेदीले स्विस नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराएका थिए । साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ ।
समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विटजरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।


राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२ औँँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
अब राष्ट्रपति पौडेल मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।