२०८१ कार्तिक २०

गण्डकीका ऊर्जामन्त्री देवकोटा पदमुक्त ।

पोखरा, गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् ।
प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा–२ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।
तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ । तर, मन्त्री देवकोटाले आपूm नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद भएकाले माओवादीको कारवाही नलाग्ने जिकिर गर्दै आएका छन् । उनले लएमालेलाई भेट हाल्ने सभामुखले पूर्वाग्रही भएर कारवाहीको सूचना दिएको भन्दै कानूनी बाटो अवलम्बन गर्ने बताएका छन् ।