गण्डकीमा मनाङे र फणीन्द्र मन्त्री बन्दै, मंगलबार शपथ ग्रहण ।
२८ जेठ, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले पहिलो चरणमा राजिव गुरुङ दिपक मनाङेलाई मन्त्री बनाउने भएका हुन् ।
यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा सहभागि मनाङले सोमबार पनि सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए ।
पाण्डेलाई विश्वासको मत दिन नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चुजाव चिह्नबाट चुनाव जितेका सांसद हुन् । उनलाई पनि सरकारमा ल्याउने पाण्डेले तयारी गरेका छन् ।
त्यसैगरी, यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर राप्रपाले भने तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्