२०८१ माघ २८

यसबर्षको मनसुन पूर्वी नेपालबाट भित्रियो ।

२८ जेठ, काठमाण्डौँ, आज नेपालको पूर्वक्षेत्रबाट यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो ।
आज (हाल) कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गरेको विभागको तथ्याङ्क रहेको छ ।