सांसद टेकबहादुरद्वारा बेशिसहर–चामे सडक यथाशिघ्र कालोपत्रे गर्न सरकारसंग जोडदार माग

काठमाडौं, २४ जेठ । पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद माननीय टेकबहहादुर गुरुङले बेशिसहर देखि मनाङ जिल्लाको सदरमुकाम चामे जोड्ने सडकको ११ बर्ष बितिसक्दा पनि कालोपत्रे नभएको भन्दै यथाशिघ्र कालोपत्रे गर्न सरकारसंग जोडदार माग गरेका छन् ।
बिहिबार बसेको प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै सांसद गुरुङले लमजुङ जिल्लाको बेशिसहरदेखि मनाङ जिल्लाको सदरमुकाम चामे जोड्ने ६५ कि.मी. मुख्य सडकको नेपाली सेनाद्वारा ट्रयाक खोलेको ११ वर्ष भईसक्दा पनि कालोपत्रेको त कुरै छाडौं ग्राभेलिङ समेत नभएको भन्दै सभामुख मार्फत सरकारको ध्यान आर्कषण गरे । उनले स्थानीय वासिन्दा, आन्तरीक तथा बाहिरी पर्यटकहरुका लागी मनाङको यात्रा एकदमै जोखिमपुर्ण र कस्टकर रहेको भन्दै तत्काल कालोपत्रे गर्नु पर्ने भन्दैे सरकारसंग जोडदार माग गरेका छन ् ।
सांसद् गुरुङले मनाङ देशको सबैभन्दा धेरै पर्यटक भित्रने जिल्लाहरु मध्ये एक जिल्ला हो । मनाङ जिल्ला पर्यटन र जलश्रोतले सम्पन्न छ । देशलाई समृद्ध बनाउन सक्ने सम्पदा र श्रोतहरु रहेको पर्यटकीय हिमाली जिल्ला मनाङ राजधानीबाट सबै भन्दा छोटो दुरीमा पुग्न सकिने हिमाली जिल्ला हो । त्यसैले, बेशिसहर–चामे सडक खण्डलाई यथासिघ्र कालोपत्र गर्न सम्मानीत सदन मार्फत नेपाल सरकारसंग जोडदार माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्