आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइदै ।

काठमाण्डौँ, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ आज विश्व वातावरण दिवस नेपालमा पनि मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ” भनेका छन् ।
देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा यनले जोड दिएका छन् । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाउनुभएका छन् ।
वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको विभागका महानिर्देशक भूपाल बरालको भनाइ छ ।
विभागले पनि वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पु¥याउन सघाइरहेको छ तर वातावरण संरक्षण मानिसको जीवनसँग अत्यन्त जोडिएको उनले बताए ।
“वातावरण भनेको मानिसको जीवन र जीविकासँग जोडेर हेर्नु पर्छ र त्यही अनुसार असर पर्छ भनेर सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनु जरुरी छ ।” जुन हुन सकेको नसकेको वातावरण निरीक्षक गोविन्द लामिछानेको भनाइ छ । वातावरण शिक्षा प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक सिकाइको अभ्यासलाई सामेल गर्न जरुरी भइसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्