२०८१ मंसिर २९

टी–२० विश्वकप अन्र्तगत आज नेपालले पहिलो खेल खेल्दै ।

काठमाण्डौँ, आइसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी सहभागी छन् ।

काठमाण्डौँ महानगरले ‘टी–२० विश्वकप’को निःशुल्क लाइभ गर्ने ।
‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाण्डौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुने महानगरले जनाएको छ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।