२०८१ श्रावण १२

६० किलो सुन तस्करी प्रकरण अनुसन्धानमा चार भारतीयसहित नौ जना पक्राउ ।

काठमाण्डौँ, ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका निम्ति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पक्राउमा परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन् ।
सरकारद्वारा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो । त्यही क्रममा पक्राउ परेकाहरूमध्ये चार जान भारतीय सुन कारोबारी रहेका छन् ।
सुन पसल सञ्चालन गरी अवैध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरूलाई काठमाण्डौँको न्युरोडबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड र दिनेश भन्ने धिरज दिनेश वैटे छन् ।
त्यस्त,ै सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपालीमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिकाका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका कान्छामान लामा छन् । एक जना तिब्बती नागरिक गंगा टासीलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको छ ।
सीआईबीले उनीहरूविरुद्धको अनुसन्धान गोप्य राखेको छ । गत साउन २ मा सवारी साधनको ‘ब्रेक सू’मार्फत हङकङहुँदै नेपाल भित्रिएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो । पहिलो चरणको अनुसन्धान सकेको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।
६० किलो बरामद भएको सुनबाट अनुसन्धान थालेको सीआईबीको सोही समूहले रेडी ट्रेड कम्पनीसहित अन्य विभिन्न डमी कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो ।
पक्राउ परेकाहरूमाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको थियो । पक्राउ परेकाहरूमा ९ चिनियाँ र २० जना नेपाली थिए । उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
तर, सीआईबीले पहिलो चरणको अनुसन्धान गर्दा त्रुटि गरेको भन्दै सरकारले पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वकोसुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियोे