अध्यागमनका कर्मचारीको छुट्टै पोशाक ।
काठमाण्डौँ, अध्यागमन विभागले अध्यागमन कार्यालयहरुमा खटिने कर्मचारीका लागि छुट्टै पोशाक (ड्रेस कोड) तोकेको छ । विभागले अन्य निजामती कर्मचारीले जस्तै पोशाक लगाउँदा अध्यागमनका कर्मचारीहरुको पहिचान असहज भएको भन्दै छुट्टै पोशाक तोकेको हो । महिला र पुरुषका लागि अध्यागमनका कर्मचारीले लगाउने पोशाक तोकेरै कार्यान्वयनका लागि कार्यालयहरुमा परिपत्र गरिसकेको विभागका महानिर्देशक कोषहरि निरौलाले बताए । अन्तर्राष्ट्रिय विमानस्थलसहित नाकामा रहेका अध्यागमन कार्यालयको सेवामा खटिने कर्मचारीहरुले अब नयाँ तोकिए बमोजिमको पोशाक लगाउनुपर्नेछ । अध्यागमन कार्यालयमा खटिनेहरूको खरानी रंगको ड्रेसमै ‘इमिग्रेसन अफिसर’ उल्लेख हुनेछ ।
अध्यागनका कर्मचारीहरु फुर्तिलो, हसिंलो र फरक पहिचानसहितको हुनुपर्ने महानिर्देशक निरौलाले बताए,‘अध्यागमन सेवा लिने सेवाग्राहीलाई सन्तुष्ट बनाउन यो कदमले सहयोग पुग्ने विश्वास गरिएको पनि उनको भनाई छ ।
अन्य विदेशमा पनि अध्यागमन अधिकृतहरुलाई छुट्टै ‘ड्रेस कोड’ तोक्ने व्यवस्था गर्ने प्रचलन रहेको पनि उनले बताए ।
विगतमा नेपालमा त्यस्तो अभ्यास भएपनि अहिले निजामती सेवाका कर्मचारीहरु नै अध्यागमनमा हुन्छन् । उनीहरुको पोशाक फरक नहुँदा कतिपय अवस्थामा विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीसँग विवादहरु हुने गरेको छ ।
-
१
परराष्ट्रमन्त्री राणाद्वारा इजरायल र लेवनानमा राजदूतहरूसँग संवाद ।
-
२
काठमाण्डौँबाट बाहिरीनेको संख्या बढ्दो, ३ लाख ८० हजार मानिसले उपत्यका छाडे ।
-
३
तेह्रथुमका दीपक सिलवालले अनशन तोडे, गृहमन्त्रालय र सिलवालबिच पाँचबुँदे सहमति ।
-
४
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइदै ।
प्रतिक्रिया दिनुहोस्