२०८१ चैत्र १०

सक्किमको सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) शानदार विजय ।

काठमाण्डौँ, सिक्किम विधानसभा चुनावमा गोलेको दलले ३२ मा जित्यो ३१ सीट, पवन चाम्लिङ दुइटै क्षेत्रमा पराजित
काठमाण्डौँ, विधानसभा चुनावमा सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ ।
३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दलले ३१ सीटमा विजयी भएका छन् । भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ ।
सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ ।
सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे फुटबल खेलाडी भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी आफूमा विलय गराएका चाम्लिङले अनुमान गरेकोभन्दा कम भोट पाएका छन् ।
सन् १९९४ बाट २०१९ सम्मलगायत मुख्यमन्त्री भएर सिक्किम सत्तामा आएका पवन चाम्लिङले यो चुनावलाई आफ्नो जीवनको अन्तिम चुनाव भनेर चित्रित गर्दै आएका थिए, तर यही चुनावमा उनको लज्जास्पद हार भएको छ ।