२०८१ आश्विन २०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो ।
काठमाण्डौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएसँगै नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन ।
घटेको मूल्य राति १२ बजेदेखि लागू भएको पनि निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्