२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
देउवा निवासमा विपक्षी दलको बैठक, मधेश सरकार गठनको विषयमा छलफल केन्द्रीत ।
काठमाडौं । बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ ।
बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि सहभागी भएका छन् ।
बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ ।
सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्