२०८२ फाल्गुन २१
दक्षिण अफ्रिकामा मतदान, परिणाम आइतबार घोषणा गरिने ।
काठमाण्डौँ, दक्षिण अफ्रिकामा आज (बुधबार) बिहानै देखि आम निर्वाचनका लागि मतदान सुरु भएको छ ।
देशको निर्वाचन निकाय दक्षिण अफ्रिकाको स्वतन्त्र निर्वाचन आयोगका अनुसार नयाँ राष्ट्रिय सभा र प्रान्तीय विधायिका चयन गर्न देशभरका २३ हजारभन्दा बढी मतदान केन्द्रहरूमा दुई करोड ७० लाखभन्दा बढी मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२४ को राष्ट्रिय र प्रान्तीय चुनाव, दक्षिण अफ्रिकाको स्वतन्त्रता र प्रजातन्त्रको ३० वर्षको उत्सवसँग मिल्दोजुल्दो छ । सन् १९९४ मा रङ्गभेद समाप्त भएपछि देशमा भएको सातौँ आम चुनाव हो ।
निर्वाचन परिणाम आइतबार घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रिय सभाले आगामी पाँच वर्षका लागि दक्षिण अफ्रिकाको राष्ट्रपति छनोट गर्नेछ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्