२०८२ बैशाख ८

यारु नजिकैको सुक्खा पहिरो नेपाली सेनाले हटायो, सोमबार साँझबाट बाटो सञ्चालनमा ।

काठमाण्डौँ, बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डको यारु नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक बेनिघाट–आरुघाट–आरखेत–लार्के सडक निमार्ण गर्दै गरेको नेपाली सेनाले पहिरो हटाएर सोमबार साँझबाट सञ्चालनमा ल्याएको हो ।
‘पहिराले अवरुद्ध सडक नेपाली सेनाले सञ्चालनमा ल्याएपछि उत्तरी गोरखाको चुम–नुब्री जाने एक मात्र सडकखण्डमा आवतजावत सुचारु भएको छ ।


पहिरो खसेको जानकारी पाउन साथ बेनिघाट–आरुघाट–आरुखेत–लार्के सडकखण्ड अन्तर्गत न्याकमा कार्यरत नेपाली सेनाको टोली पहिरो खसेको स्थान यारुमा पुगेर पहिरो हटाई बाटो बनाएका थिए ।
बेनिघाट–आरुघाट–आरुखेत–लार्के सडकको ९२ किमी ट्रायक खोल्ने र स्तर उन्नती गर्ने जिम्मा नेपाली सेनाले पाएको छ । सोही अनुसार गोरखाको आरुघाटबाट चुमनुब्री गाउँपालिकाको न्याक फेदीसम्म ४० कि.मि. ट्रायक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क निर्देशानालय, भद्रकालीले जनाएको छ ।


नेपाली सेनाले प्रतिबर्ष २ दशमलव ५ कि.मी ट्रायक खोल्ने र ३ दशमलव ५ किमी बाटो स्तरोन्नत्ती गर्ने लक्ष्यका साथ का मगर्दै आएको सेनाले गत बर्ष २०८० सम्म ३७ दशमलव ५ किमी निमार्ण कार्य सम्पन्न गरेको थियो भने यसबर्षको लक्ष्य २ दशमलव ५ कि.मी ट्रायक खोल्ने र ३ दशमलव ५ किमी बाटो स्तरोन्नत्ती गर्ने काम पनि सम्पन्न गरी हालसम्म कूल ४० कि.मी काम सम्पन्न भएको जनसम्पर्क निर्देशानालय, भद्रकालीले जनाउको छ ।