२०८२ असार १०
सरकारविरुद्ध नेपाली काँग्रेसको काठमाण्डौँमा प्रदर्शन ।

काठमाण्डौँ, नेपाली काँग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर काँग्रेसले काठमाण्डौँको प्रदर्शनीमार्गको सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि काँग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । काँग्रेसले लनमो समयदेखि सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राख्दै आएको छ ।
त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा नेपाली काँग्रेसका नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि काँग्रेसले माग गरेको छ ।
प्रदर्शनमा काँग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्