२०८१ माघ २६

प्रमुख दलका शीर्ष नेताको बैठक सुरु ।

काठमाण्डौँ संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा नेपाली काँग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।
बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् ।