२०८१ श्रावण १२

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाण्डौँ, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नेपाली काँग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । सहकारी सम्बन्धी संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आज पनि काँग्रेसले अवरोध गर्ने सम्भावना रहेको छ ।
विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल चलाएर आजै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ ।