नेपाली काँग्रेसले तीनै तहका पार्टी संरचना परिचालन गर्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेसले सहकारी पीडितको रकम फिर्ता गराउन तीनै तहमा सशक्त आन्दोलन गर्ने भएको छ ।
केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीले स्थानीय तहसम्म आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।
‘७५ हजार सहकारी पीडितको बचत फिर्ता गराउन काँग्रेसले सदन र सडक दुवै ठाउँबाट आवाज उठाउने बताए । संघमा मात्रै नभएर प्रदेश र स्थानिय तहमा पनि काँग्रेसले यो विषयलाई सशक्त रुपमा उठाउँछ । सहकारी पालिकास्तरमा पनि दर्ता भएको अवस्था छ । यो तीनै ठाउँबाट नियमन हुने अवस्था भएकाले तीनै तहमा पार्टींका संरचनामात्रै नभइ सहकारीमा आबद्ध आमनागरिकको बचतको सुरक्षा गर्न काँग्रेस लाग्ने बताए ।’
काठमाण्डँैं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा पनि केन्द्रीय प्रतिनिधि खटाइने बताए ।
सहकारी घोटाला प्रकरणमा गृहमन्त्री आफैं संलग्न भएको कुरा आइरहेका छन् । यस्ता अवस्थामा कुन नैतिकताको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउनसक्छ । नैतिक रुपमा स्खलित भएका छन् । अहिले सहकारीको विषय आएपछि डरको साम्राज्य खडा गरेर मिडिया व्यवस्थापनमा वर्तमान सरकार लागेको पनि नेता शिवाकोटीले बताए ।
प्रतिक्रिया दिनुहोस्