२०८१ माघ २७

प्रधानमन्त्रीले देशकै बदनाम गरे : चित्रबहादुर केसी

काठमाण्डौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिको लागि लोकतन्त्र ल्याउनेहरु नै गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले १७ महिनामा चौथो पटक विश्वासको मत लिएर देशकै बद्नाम गरेको बताए ।
‘१७ महिनामा चौथो पटक विश्वासको मत लिनुभयो । कहिले बालकोट कहिले बूढानीकलण्ठ किन पुग्नुप¥यो ? त्यसैले यो गलत भइरहेको छ । यो नेपाली जनताको लागि बद्नाम होइन । लोकतन्त्रमाथि र गणतन्त्रमाथि थुप्रिएको संकटका कारण उहाँहरू नै हो ।’
उनले विपक्ष दलहरूले वेल घेराउ गरिरहेको बेलामा सदन चलाएको भन्दै सभामुखप्रति असन्तुष्टि समेत जनाए ।