२०८१ आश्विन २०

नेपाली काँग्रेस सहित विपक्षी दल घेराबन्दीमा, ससदीय इतिहासमा पहिलोपटक मार्सल ।

काठमाण्डौँ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित विपक्षी दलहरुलाई घेराबन्दीमा राखेर कडा सुरक्षा व्यवस्थासहित प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन् ।
नेपाली काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै छानबिन समिति गठनको माग गर्दै आएको छ । विरोधमा उत्रिएको नेपाली काँग्रेस सहित विपक्षी दलहरुलाई मार्शल लगाएर घेराबन्दीमा राख्दै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको थियो ।


प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभाका १५७ सांसदले मत दिएका छन् भने विपक्षमा एक मत परेको छ । विपक्षलाई मार्शल लगाएर प्रधानमन्त्रीले विश्वासको मत लिएको यो संसदीय इतिहासमा पहिलोपटक भएको हुन सक्ने सांसदहरुको टिप्पणी छ ।
यसैबीच प्रधानमन्त्री दाहालले काँग्रेसको विरोधप्रति चर्को टिप्पणी गर्दै चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
“आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । काँग्रेसलाई चर्को मूल्य पर्नेछ” उनले भने ।