२०८१ आश्विन २०
गिरीबन्धुको चिया भन्दै ओलीको तस्बिरलाई चिया खुवाए ।
झापा, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको चिया भन्दै उनको तस्बिरमा चिया खुवाएका छन् ।
आइतबार झापाको बिर्तामोडमा बिरोध कार्यक्रम गर्दै नेपाली काँग्रेसका दुईवटा भातृ संगठनहरूले ओलीको तस्बिरमा गिरीबन्धुको चिया भन्दै चिया खुवाएका हुन्।
गिरीबन्धु टि–स्टेट प्रालिको जग्गा नेकपा एमालेकै सरकारको पालामा घोटाला शुरु रहेको बताउँदै नेपाली काँग्रेसका संसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुव्र्यवहार गरेको बिरोध प्रदर्शनमा उत्रेका दुई संगठनका कार्यकर्ताले दाबी गरे।
२०७६ सालमा ओली सरकारले गिरीबन्धु टि–स्टेटको जमिन बिक्री गर्न अनुमति दिएको उनीहरूले दाबी गरे।
प्रतिक्रिया दिनुहोस्