२०८२ जेष्ठ ९

गिरीबन्धु चिया बगानबारे आफूले निर्णय गर्ने, कांग्रेसलाई मुछ्ने ? सभापति देउवा

काठमाण्डौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गा बिक्री सम्बन्धी निर्णय नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीवार काठमाण्डौँमा भएको प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले जग्गा बिक्रीको निर्णय गरेर काँग्रेसलाई मुछेको बताएका हुन् ।
बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा बिक्री गर्ने निर्णय नेपाली काँग्रेसको पालामा भएको आरोप लगाएका थिए । एमाले अध्यक्ष ओलीलाई जवाफ दिंदै बिहीबार देउवाले भने ‘ओलीजी आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नी । आफूले गरेको कुरा, गरेको हो भन्न के आपत्ति छ ?’
देउवाले अगाडि भने, ‘अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा भएकै छैन ।’
सभापति देउवाले केपी ओली जस्तो जिम्मेवार नेताले नभएको आरोप लगाउन नहुनेसमेत बताएका छन् ।