२०८१ माघ २६

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका क्रिकेट खेल्न पाउने ।

काठमाण्डौँ, नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा निलम्बन फुकुवा गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलत्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीपको निलम्बन फुकुवा र टिममा फर्काउने विषयमा आकस्मिक छलफल गरेको हो ।
क्यानले निलम्बन फुकुवा गर्दै सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ भनेको छ ।
जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च पुगेका थिए । सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।
पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो । मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार बहस सकिएसँगै मुद्दाको फैसला भएको थियो ।