२०८१ मंसिर २९
आज पनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुँदै ।
काठमाण्डौँ, क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिनोफानो हुने विन्दुमा पुगेको छ । कुनै ठुलो फेरबदल नभए न्यायाधीशले आजै फैसला सुनाउनेछन् ।
हिजो दिनभरि बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिने छ ।
सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।
यो मुद्दाको फैसला सन्दीपकालागि भाग्यपफैसलाकै रूपमा रहेको छ । निर्दोष सावित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्ने ढोकासमेत खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्