सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्क विहीन, खोजी कार्य तिब्र ।

काठमाण्डौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा मंगोलियाका दुई नागरिक सम्पर्कविहीन भएका छन् ।
आरोहणका क्रममा ५३ वर्षीय उसुख्जर्गल सेदेन्दम्बा (पासपोर्ट नं. ई२६९८२८६) र ३१ वर्षीय पुरेवसुरेन लखगवजव (पासपोर्ट नं.पीई०३२९१९८) सम्पर्कविहीन भएका छन् ।
उनीहरू एट के. एक्सपिडिसन् प्रा.लि.एजेन्सीमार्फत सगरमाथा आरोहण गर्न गएका थिए । सगरमाथा आधारशिविरमा वातावरण अनुकूलित भई सगरमाथा आरोहणका लागि मे १० मा दोस्रो शिविरतर्फ गएको पर्यटन विभागले जनाएको छ ।
सम्र्पकविहीन दुई मंगोलयन नागरिक मे ११ मा तेस्रो शिविरमा बसी मे १२ मा चौथो शिविरतर्फ हिँडेको र सोही दिन चौथो शिविरबाट सगरमाथा चुचुरोतर्फ साँझ ७ बजे प्रस्थान गरेको विभागले जनाएको छ ।
मे १३ (वैशाख ३१ गते) को बिहान ८:४५ बजे ट्याग नेपालको आरोहण दलले चचुरोतर्फ गइरहेको देखेको र हाल आरोहीहरू सम्पर्कविहीन भएको विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
आरोहण व्यवस्थापन गर्ने एजेन्सी एट केले सगरमाथा आधारशिविरमा रहेको विभागको फिल्ड कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ । उनीहरू सम्र्पविहीन भएको सम्भावित माथिल्ला शिविरहरूमा खोज तथा उद्धार कार्य गरिरहेको जानकारी पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र)का सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्