२०८१ श्रावण १२

नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै 

काठमाण्डौँ, नेपाली काँग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
नेपाली काँग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बस्ने तय गरेको हो । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।
काँग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माँग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।
सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको नेपाली काँग्रेसले आरोप छ ।
आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।