२०८१ आश्विन २

दाङमा दुई महिलाको हत्या, अटो चालक पक्राउ ।

काठमाण्डौ, दाङको घोराही उपमहानगरपालिका– १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या गरिएको दाङ प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन् ।
घोराही– १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् ।
अटो चालक टेकबहादुरले शनिबारअ अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।