२०८१ श्रावण १२

आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने ।

काठमाण्डौँ, सरकारले आजबाट (वैशाख १६ गते) सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिए ।
हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताए । यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ ।
औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको डा. मरासिनीले बताए । उक्त कार्यक्रममा १९ जिल्लाले निवारणको प्रमाणपत्रसमेत पाइसकेका छन । हात्तीपाइले रोगमा विभिन्न तीन थरीका औषधी खुवाइने गरिन्छ ।