२०८१ श्रावण १२

इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना गरिने ।

काठमाण्डौँ, इलाम–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
शनिबार राति बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार अबको केही बेर अर्थात बिहान ७ बजेबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।
इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिने भएकाले सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइएको छ ।
उपनिर्वाचन अन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ रहेको इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् ।