२०८१ श्रावण १२

अमेरिकालाई ’सीमा’ ननाघ्न चीनको चेतावनी ।

चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले “सीमा नाघ्न नहुने“ बताएका छन्।
दुई देशका विदेशमन्त्रीहरूले शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भने, “चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ भन्दै प्रश्न गरे । उनको उक्त मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ । विदेशमन्त्री वाङले चीन–अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि “नकारात्मक कुराहरू“ले गर्दा त्यसको परीक्षण कायमै रहेको बताए ।
अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन पसगेका हुन् ।
शुक्रवारै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गर्दै उनले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुङ्ग्याएका छन् । चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्ने बताएका छन् । साझेदार भएकाले दुई देशबीच खराब प्रतिस्पर्धा हुनु नहुनेमा पनि जोड दिएका छन् ।