२०८१ श्रावण १२

नेपालले आजदेखि टी–२० सिरिज खेल्दै, खेल कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु ।

काठमाण्डौँ, आजदेखि नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज सुरु हुँदैछ ।
सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ ।
२० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ ।